News Portal

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

१६३ पटक

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक विद्यालय, पब्लिक उच्च मावि विद्यालय र रत्न माध्यमिक विद्यालयमा चैत १९ गतेदेखि परीक्षा सुरु भएको हो।

सामुदायिक तथा निजी विद्यालयका गरी कुल ७८९ जना विद्यार्थीहरूले नियमित परीक्षा दिइरहेका छन्। विगतका वर्षहरूमा परीक्षा नतिजा आउन तीन महिनासम्म कुर्नुपर्ने अवस्था रहे पनि यस वर्षदेखि भने एक महिनामै नतिजा प्रकाशन हुने व्यवस्था गरिएकाले विद्यार्थी र अभिभावकमा उत्साह थपिएको छ।

स्थानीय पशुपति मण्डलका अनुसार पहिले लामो समयसम्म नतिजा कुर्नुपर्दा विद्यार्थीहरूमा निराशा बढ्ने र गलत बाटोमा लाग्ने जोखिम रहने गरेको थियो। तर अहिले एक महिनामै नतिजा आउने भएपछि विद्यार्थीहरूको मनोबल बढेको र पढाइप्रति झनै केन्द्रित भएका छन्।

विद्यार्थीहरूले पनि छिटो नतिजा पाउँदा आगामी अध्ययन योजना बनाउन सहज हुने र निरन्तरता दिन थप प्रेरणा मिलेको बताएका छन्।

विद्यालयका केन्द्राध्यक्ष अरविन्द शाहका अनुसार यस वर्षदेखि नेपाल सरकारको निर्देशनअनुसार उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण भइरहेको छ। त्यसका लागि विज्ञ टोली परिचालन गरी धमाधम उत्तरपुस्तिका जाँच भइरहेको उनले जानकारी दिए।

साथै, उत्तरपुस्तिका जाँच कार्य सिसी क्यामेराको निगरानीमा भइरहेको बताइएको छ। एक महिनाभित्रै नतिजा सार्वजनिक हुँदा विद्यार्थीहरूलाई पठनपाठनमा थप सक्रिय बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...