News Portal

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

५७ पटक

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक विद्यालय, पब्लिक उच्च माध्यमिक विद्यालय र रत्न माध्यमिक विद्यालयमा चैत १९ गतेदेखि परीक्षा सुरु भएको हो। सामुदायिक तथा निजी विद्यालयका गरी ७८९ जना विद्यार्थीले नियमित परीक्षा दिइरहेका छन्।

विगतका वर्षहरूमा परीक्षाको नतिजा आउन करिब तीन महिना लाग्ने गरेको थियो। तर यस वर्ष एक महिनामै नतिजा प्रकाशित गर्ने तयारीसँगै शिक्षा मन्त्रालयले निर्देशन दिएपछि विद्यार्थी र अभिभावकहरू उत्साहित भएका छन्।

स्थानीय अपशुपति मण्डलका अनुसार, छिटो नतिजा आउने व्यवस्थाले विद्यार्थीहरूको मनोबल बढेको छ। विद्यार्थीहरूले पनि छोटो समयमै नतिजा पाउँदा पढाइप्रति थप उत्साह बढेको बताएका छन्।

सरकारको निर्देशनअनुसार यस वर्ष उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण भइरहेको छ। विज्ञ टोलीले उत्तरपुस्तिका परीक्षण गरिरहेको र पारदर्शिताका लागि सीसी क्यामेराको निगरानीसमेत गरिएको विद्यालयका केन्द्राध्यक्ष अरविन्द शाहले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...