News Portal

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

१९५ पटक

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक शहीदकी आमाको रहेको स्पष्ट पारेका छन्। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति स्मरण गर्दै उनीहरूका परिवारलाई न्याय सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताए।

लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउबारे उठेको विषयमा टिप्पणी गर्दै विधिको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरे। उनले न्यायलाई प्रतिशोधको रूपमा चित्रण गर्न नहुने धारणा राखे।

साथै, सत्ता परिवर्तनपछि विदेशी हस्तक्षेपको आरोप लगाउने प्रवृत्तिप्रति संकेत गर्दै उनले अब त्यस्ता आरोपमा होइन, पारदर्शी र राष्ट्रहितमा केन्द्रित परराष्ट्र नीतिमा ध्यान दिनुपर्ने बताए। उनले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि सुरक्षित र विश्वसनीय वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...