News Portal

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

१६८ पटक

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात सहज बनाउन नयाँ बस सेवा सञ्चालन गर्ने भएको छ। महानगरले साझा यातायातसँग सहकार्य गर्दै २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सुरु गर्न लागेको हो।

सुरुवातमा दुई वटा रुटमा चार वटा विद्युतीय बस सञ्चालन गरिने योजना रहेको महानगरले जनाएको छ। यी बसहरूले उपत्यकाका मुख्य अस्पतालहरू र अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्नेछन्।

पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। यो रुट करिब १६ किलोमिटरको हुनेछ।

त्यसैगरी अर्को रुट थानकोटबाट सुरु भएर सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन गरिनेछ, जसको दूरी करिब २० किलोमिटर रहनेछ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले साँझपछि सार्वजनिक सवारी साधन नपाउँदा यात्रुहरूलाई समस्या पर्ने गरेको भन्दै यस्तो सेवा आवश्यक भएको बताइन्। विशेषगरी विद्यार्थी, महिला तथा किशोरीहरू बढी प्रभावित हुने भएकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखेर सेवा सुरु गर्न लागिएको उनले उल्लेख गरिन्।

यो सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। बसहरू निर्धारित स्टपहरूमा करिब २० मिनेटको अन्तरमा उपलब्ध हुनेछन्। साथै, यात्रुको सुरक्षाका लागि बसमा सीसीटिभी क्यामेरा जडान गरिनेछ र नगर प्रहरीको व्यवस्था समेत गरिने महानगरले जनाएको छ।

महानगरपालिकाले यस सेवामार्फत सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...