News Portal

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

१९० पटक

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा दिन निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको बुधबार गरिएको स्थलगत निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउन आग्रह गरेका हुन्।

हिमाली संचार संवाददाताका अनुसार निरीक्षणका क्रममा मन्त्री गुरुङले प्रहरी सेवामा आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गर्न सरकार तयार रहेको बताएका छन्। परिसर प्रमुख एसएसपी रमेश थापाले मन्त्रीले विशेषगरी महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा कडाइका साथ कारबाही गर्न निर्देशन दिएको जानकारी दिए।

त्यसैगरी, गृहमन्त्री गुरुङले परिसरको कामकारबाही, सेवा प्रवाहको अवस्था तथा अपराध अनुसन्धानको प्रगतिबारे जानकारी लिएका थिए। एसएसपी थापाका अनुसार काठमाडौंमा जडान गरिएका सीसीटीभी क्यामेरामध्ये आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ९३७ वटा क्यामेरा पुनः सञ्चालनमा आइसकेका छन्।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...