News Portal

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

४९ पटक

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण भइरहेको सडक गुणस्तरहीन रहेको भन्दै स्थानीयवासीले गम्भीर आरोप लगाएका छन्।

खिखिडागी चोक हुँदै करिब २ किलोमिटर सडक निर्माण कार्य सुरु भए पनि काम मापदण्डअनुसार नभएको स्थानीयको गुनासो छ। करिब २ करोड रुपैयाँ लागतमा निकिता कन्ट्रक्सनले निर्माण कार्य गरिरहेको उक्त सडकमा लापरबाही भएको स्थानीय कमल साहले बताए।

स्थानीयका अनुसार सिटी बोर्डरदेखि डाइनिया हुँदै पथरीसम्म करिब २७ किलोमिटर सडकमा विभिन्न स्थानमा कालोपत्रे सम्पन्न भए पनि केही खण्डमा काम चरणबद्ध रूपमा भइरहेको छ। तर, कालोपत्रेको मोटाइ ४० एमएम हुनुपर्नेमा कतिपय स्थानमा १० देखि १५ एमएम मात्र रहेको स्थानीय निर्मल उप्रेतीले आरोप लगाए।

“यस्तो कमजोर निर्माणले सडक ६ महिनादेखि एक वर्षभित्रै भत्किने जोखिम हुन्छ,” उनले भने।

यता, निकिता कन्ट्रक्सनका इन्जिनियरले भने मापदण्डअनुसार नै आवश्यक सामग्री प्रयोग गरेर काम भइरहेको दाबी गरेका छन्।

स्थानीयले अर्को गम्भीर त्रुटि औंल्याउँदै निर्माण स्थलमा अनिवार्य राख्नुपर्ने सूचना पाटीसमेत नराखिएको बताएका छन्। सार्वजनिक निर्माण कार्यमा सूचना पाटी अनिवार्य भए पनि कम्पनीले त्यसको बेवास्ता गरेको उनीहरूको भनाइ छ।

यसैबीच, स्थानीयवासीले जनप्रतिनिधिहरूको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्। सडक निर्माण भइरहे पनि मेयर, उपमेयरलगायतका जनप्रतिनिधिले अनुगमन नगरेको उनीहरूको आरोप छ।

स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै गुणस्तरीय निर्माण सुनिश्चित गर्न र अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...