News Portal

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

१६२ पटक

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने ६ घरपरिवार हालसम्म पनि सुरक्षित खानेपानीबाट वञ्चित भएका छन्। करिब २०० मिटर सडक आसपासका ती परिवारले पटक–पटक खानेपानी संस्था तथा स्थानीय जनप्रतिनिधिहरूसमक्ष धारा जडानका लागि आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।

२०५५ सालमा स्थापना भएको रङ्गेली खानेपानी तथा उपभोक्ता समितिले मुख्य बजार क्षेत्रका अधिकांश स्थानमा पाइपलाइन विस्तार गरी उपभोक्तालाई धारा जडान गरिसकेको भए पनि सो टोलका यी ६ परिवार भने अझै सेवा बाहिरै रहेका छन्।

स्थानीयका अनुसार उनीहरू विगत ३०–३५ वर्षदेखि उक्त स्थानमा बसोबास गर्दै आएका छन्। तर खानेपानीको वैकल्पिक व्यवस्था नहुँदा टुवेल (कल) को आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्। टुवेलको पानी प्रयोग गर्दा विद्यालयको सेतो पोशाकसमेत पहेंलो हुने समस्या रहेको स्थानीय पूजा कुमारी मण्डलले बताइन्। “पानीकै कारण दैनिक जीवन कष्टकर बनेको छ,” उनले भनिन्।

यस विषयमा रङ्गेली खानेपानी संस्थाका कार्यालय प्रमुख शिवराज दाहालले सो क्षेत्रमा पाइप अभावका कारण धारा जडान गर्न नसकिएको बताए। तर सोही आसपासका केही घरमा भने पाइपलाइन विस्तार गरी धारा जडान गरिएको स्वीकार गरेका छन्।

स्थानीयवासीले आधारभूत आवश्यकतामध्ये एक सुरक्षित खानेपानी उपलब्ध गराउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...