News Portal

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

२०० पटक

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि देशको महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा कायम रहेको बताएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरूलाई सम्बोधन गर्दै उनले एमाले अहिले पनि प्रतिनिधिसभामा तेस्रो शक्तिका रूपमा रहेको बताए। उनले पछिल्लो निर्वाचन प्रक्रियामाथि टिप्पणी गर्दै “जादुमयी चुनाव” मार्फत परिणाम प्रस्तुत गरिएको आरोप लगाए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ सिट जितेको दाबी गरिए पनि एमालेसँग अहिले पनि २५ सिट रहेको र पार्टी अझै कमजोर नभएको उल्लेख गरे।

ओलीले वर्तमान अवस्थालाई सामान्य राजनीतिक उतारचढावको रूपमा व्याख्या गर्दै यो स्थिति कुनै असक्षमता वा सुशासनविरुद्धका कामका कारण आएको नभएको स्पष्ट पारे। साथै, उनले घृणाको राजनीतिले असर पारेको भन्दै अब जनताको विश्वास जितेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

यस निर्वाचनबाट महत्वपूर्ण शिक्षा प्राप्त भएको उल्लेख गर्दै उनले पार्टीलाई थप सुदृढ र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...