News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जुङ्गाको लँडाइले एनजियोको कार्यक्रम प्रभावित !

    हिमाली संचार संवाददाता
    ४९२ पटक

    निरक बहादुर शाही
    दैलेख : महिला ससक्तीकरण मञ्च दैलेखले अयोजना गरेको २ दिने अभिमुखीकरण कार्यक्रमसंगै अवाज संस्था दुल्लुले जुराए पछि प्रभावित भएको छ । दुल्लू नगरपालिकामा सोमबार देखी सुरु भएको दुल्लू नगरपालिकाका महिला जनप्रतिनिधीहरुलाई किसोर किशोरी योन तथा प्रजनन स्वास्थ्य, पाठेघर खस्ने समस्या र बालअधिकार विषयक २ दिने अभिमुखी कार्यक्रममा दुल्लूमै मंगलबार आवाज संस्था दुल्लुले यिनै सहभागिलाई सहभागिता गराई कर्यक्रम गर्दा प्रभावित हुन पुगेको हो ।

    पटकपटक एउटै विषयमा एउटै सहभागि गराउँदा सहभागि जनप्रतिनिधीहरु नै अन्योलमा परेका थिए । संघसंस्थाहरुले यसरी कार्यक्रम गर्दा तालिममा सिकेको कुरा व्यवहारमा उतार्न अफ्ठेरो हुने नगर सभा सदस्य डम्मर कुमारी खड्काले गुनासो गर्नुभयो ।

    यो कुराको तत्काल ब्यवस्थापन गर्न सम्बन्धीत निकायलाई उहाँले आग्रह गर्नुभयो। यसरी संघसंस्थाको मनोमानीलाई नियन्त्रण गर्ने निकाय नै मौन रहेको छ । कार्यक्रममा जिल्ला सम्मन्वय समिति दैलेखकी सदस्य चन्द्रकला नेपालीले खटेर, डटेर सर्त लिनको लागि महिला जनप्रतिनिधीहरु अग्रसर हुनु पर्ने बताउनुभयो ।

    दुल्लू नगरपालिकाका नगर उपप्रमुख बिष्णु थापाले महिलाहरुको कारणले महिला हिंसा, बालविवाह जस्ता घटनाहरु समाजमा भइरहेकोले यसलाई नियन्त्रण गर्नको लागि सम्पुर्ण जनप्रतिनिधी महिलाहरुले तालिममा सिकेको कुरा ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

    महिलाहरु हरेक कुरामा तनावमा हुने भएकोले मनमा कुण्ठित भएका कुराहरु प्रस्फुटन गर्न सम्म समय नपाएकोले प्रस्फुटन गर्ने मध्यम बन्न जनप्रतिनिधीलाई उपप्रमुख थापाले निर्देशन दिनु भएको छ ।

    महिला जनप्रतिनिधीहरुले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य, पाठेघर खस्ने समस्या, बाल अधिकारका सवालमा आफ्नो वडामा गएर छलफल सञ्चालन गर्न सजिलो होस भन्ने उद्येश्यका साथ तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक दुर्गा लम्सालले जानकारी दिनुभयो ।

    महिला सशक्तीकरण मञ्च दैलेख को आयोजनामा भएको कार्यक्रममा वातावरण कृषि तथा बिकास केन्द्र ९ केड० सुर्खेतको सहयोगमा दुललू नगरपालिकामा २ दिने अभिमुखीकरण कार्यक्रममा दुल्लु नगरपालिकाका सम्पूर्ण महिला जनप्रतिनिधी र विषय गत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    काठमाडौंमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट : भिडियो सामाजिक सञ्जालमा भाइरल

    काठमाडौं, वैशाख ११ – काठमाडौं उपत्यकामा खिचिएको भनिएको एक भिडियोले अहिले सामाजिक सञ्जाल तताएको छ,...

    एमसीसी बन्द गर्ने तयारीमा अमेरिका: डजले सुरु गर्‍यो कर्मचारी कटौती

    वासिङ्टन डीसी, वैशाख ११ – एलन मस्कको नेतृत्वमा रहेको ट्रम्प प्रशासन अन्तर्गतको सरकारी खर्च कटौती...

    शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

    मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द...

    आजको राशिफल

    आज वैशाख ११, २०८२ (अप्रिल २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संतुलित कुटनैतिक संम्बन्ध आजको आबश्यकता

    अस्थिर राजनीतिले निम्त्याएको संकटमा देश दिनप्रतिदिन खस्किदो अबस्थामा पुग्यो। जनगुनासो सुन्ने नैतिक जिम्मेवारी, जन-उत्तरदायी नभएको...