News Portal

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

३२९ पटक

कमला थापा

२०८२ चैत्र ११ गते, काठमाण्डौ।
सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक हो ? या जनताको मौनता भित्र लुकेको बिस्फोट, आगामी दिनले प्रष्ट पार्नेछ। तर दुई तिहाई मत पाउने पार्टिलाई समेत चकित पार्ने गरि आएको मत यो ख्याल, ख्याल भने अबस्य होईन। जनतामा यति धेरै असन्तुष्टि भरिएको कुरा राजनैतिक दलहरुले बुझ्नै सकेनन् या चाहेनन्। बारम्बार जनताले आगा नगरेका होइनन्, आफुहरुलाई राष्ट्रको मसिहा ठान्ने नेताहरुको यो २२ बर्षमा जनतासंग नाता टुटिसकेको थियो। त्यो कुरा उनिहरु मान्न तयार थिएनन्। त्यहि बुझाईको अन्तर हो अहिलेको निर्वाचनले दिएको परिणाम।

१) राजनीतिक परिपक्वता:-
राजनैतिक दल भनेको बिचार र सिद्धान्तको आधारमा निर्माण हुन्छ। त्यहि आधारमा दलहरुले देश र जनतालाई सर्वोपरि मानेर आफ्नो काम गर्ने हो। जब सिद्धान्त एकातिर र काम अर्को तिर गर्ने हो भने त्यो पार्टि ,पार्टि होईन एउटा आत्म मरिसकेको अराजक भिड हुन जान्छ। पुराना ८० बर्षको इतिहांस बोकेका पार्टिहरुमा त्यहि कुराको अभाव देखियो। त्यसैले भन्नु पर्छ, ब्यक्ति उमेरले मात्र हैन विचार, सिद्धान्त र राजनैतिक जिम्मेवारीमा परिपक्व हुन पहिलो कुरा इमान्दारिता हुनुपर्दछ। जुन कुराको खडेरी परिसकेको थियो नेपालमा।

२) बिदेशी प्रभाव:-
अमेरिकाले सन् १९९० को दशकमा जब रुस टुक्र्याउन सफल भयो। रुसका तत्कालीन राष्ट्रपति मिखाईल गोर्भाचोभलाई आफ्नो पक्षमा लिन‌सफल भयो। जस्लाई अमेरिकाले आफ्नो लगानिमा धेरै अगाडिदेखी तयार गरिरहेको थियो। त्यसैको फलस्वरुप रुस १५ बाल्टिक गणराज्यमा परिणत भयो।‌ “विश्व वाईपोलेरबाट यूनिपोलरमा परिणत भयो। त्यसपछिका दिनहरुले अमेरिकालाई एक शक्तिशाली साम्राज्य चरित्रमा ढाल्दै गयो र सबै तिर आफ्नो दादागिरी देखाउन थाल्यो।” अहिले मध्य पूर्वमा चलेको यूद्ध‌ले विश्वलाई ससंकित तुल्याएको छ। त्यस्ले विश्व यूद्धको संकेत नगर्ला भन्न सकिन्न। इरानले अमेरिकाको लागि बन्द गरेको तेल भण्डारको बाटो “हर्मुज स्टेट” खोलाउने दवावका लागि गराएको यूद्ध अमेरिकाको लागि अति महगों पर्दै गएको देखिन्छ। इरानलाई जति कमजोर सम्झिएको थियो। तर इरान त्यस्तो नदेखिएको ले यूद्ध अनुभवमा कमजोर ट्रम्प आफ्नै देश भित्र समेत आलोचित बन्दै गएका छन्। मध्ये पूर्वबाट पनि हात धुनुपर्ने स्थिति देखिएको बिषेशज्ञहरुको भनाइ छ। यूद्धले विश्व प्रभावित बन्दै गएको छ। नेपालमा त्यसको प्रभाव परिसकेको, बजारमा दैनिक सामानहरुको अभाव भैसकेको छ।

३) दलहरु आफैमा अराजक:-
जेएन्जि आन्दोलन त अपहरण भएकै थियो। पुराना दलहरु आफै अपहरणमा परेको पत्तै पाएनन्। माओवादी बिलय भयो, भने नेपाली कांग्रेस आफ्नैहरुबाट अपहरणमा पर्यो। जस्तो:-

१) कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले ०७४ को निर्वाचन पछिदेखि कडा मिहिनेतका साथ बनाएको संगठन, बिश्वासमा आएका कार्यकर्ता बिषेश महाधिवेशन की नियमित भन्दै मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दैमा अपहरण भयो।

२) राष्ट्रपति रामचन्द्र पौडेलले संबिधान जोगाउन जुक्ति लगाएर बनाएको जेएन्जि सरकार निर्वाचन सम्पन्न गर्न त सफल भयो। तर उस्को भित्रि उद्देश्य बुझ्नै सकेनन्।

३) सुशिला कार्की सरकारको प्रिष्टभूमि र धरातल बुझ्नै नसकेका ऐतिहासिक दलहरु आफै दुर्घटनामा परे।

४) साम्राज्य शक्तिले जुन उद्देश्यका लागि निर्वाचन गराएको थियो त्यो पुरा भयो। बांकी समयले देखाउनेछ।

५) जेएन्जिको भावना र उनिहरुको मागलाई सम्बोधन नै नगरी सरकारको कार्यकाल सकियो।

६) त्यतिमात्र नभएर आफुले बनाएको गौरीबहादुर कार्की छानबिन आयोगले बुझाएको प्रतिवेदन समेत प्रस्तुत नगरी बिदा हुदै छिन्। कतै त्यो प्रतिवेदन सार्वजनिक गरेको खण्डमा जेएन्जी सरकारमा भएका र अहिले जितेर आएकाहरु मध्ये धेरै दोषि ठहर्ने डर थियो की ? त्यसैले समितिको म्याद निर्वाचन पछिसम्म धकेलिएको थियो भन्दा गलत होला र ?

अन्तमा :-
विश्व भू-राजनैतिक षडयन्त्र बुझेका राजा श्री ५ ज्ञानेन्द्र शाहको फाल्गुन ६ गते आएको दुरदृष्टि पूर्ण सन्देशलाई बुझ्न नसक्नु, उलंघन गर्नू नै ठूला, पुराना र आफुलाई ऐतिहासिक पार्टि भन्नेहरुको अबसान हो, भन्दा फरक पर्ने छैन। सामन्ती, दरिद्रता, भ्रष्ट् चरित्र बोकेका नेताहरुका कारण निर्वाचन त भयो तर देशले हार्यो ०३६, ०४६, ०६२/६३ का उपलब्धि सबै समाप्त भयो। यो सबै राजसंस्थालाई धोखा दिनु र अझैपनि उनका कुरा नसुन्नु को परिणाम हो। नब यूवाहरुले प्रतिसोधको राजनिति नभै राष्ट्र, राष्ट्रियता र जनचाहनालाई मध्यनजरमा राखेर राजसंस्था सहितको प्रजातन्त्र, जनताको तिब्र चाहनालाई सम्बोधन गर्ने सुध्रिढ नेपाल निर्माणमा ध्यान जाओस्। देशका बुद्धिजीवि, बिषेशज्ञ, जेएन्जी यूवा, तमाम नेपाली जनताको जन चाहना राजसंस्था नै भएकोले राजा र सेनाको भूमिका झनै गहन हुदै गएको कुरा स्पष्ट भएको छ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
जय नेपाल।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...