News Portal

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

१९३ पटक

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास र सुरक्षा अनुभूति गराउनुपर्ने बताएका छन्। उनले सुरक्षासेवालाई नागरिकमैत्री बनाउँदै जिम्मेवारी निर्वाह गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।

पशुपतिनाथ बाहिनी मुख्यालयको २२औं स्थापना दिवसका अवसरमा नयाँ बानेश्वरस्थित कार्यक्रममा बोल्दै आईजीपी अर्यालले काठमाडौं उपत्यकाको सुरक्षा अवस्था संवेदनशील भए पनि बाहिनीले प्रभावकारी ढंगले काम गरिरहेको उल्लेख गरे। उनले बाहिनीको समग्र कार्यसम्पादनको प्रशंसा गर्दै संगठनलाई बधाई समेत व्यक्त गरे।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन, विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन गर्न, महत्वपूर्ण सरकारी तथा सार्वजनिक संरचनाको संरक्षण गर्न र बन्द हड्तालका बेला नागरिकको सुरक्षामा बाहिनीले उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

आईजीपी अर्यालले सुरक्षाकर्मीहरूलाई परिणाममुखी शैलीमा अनुशासित र जिम्मेवार भएर परिचालन हुन निर्देशन दिए।

कार्यक्रममा बाहिनीपति तथा डीआईजी सुरेश श्रेष्ठले संगठनको नीति तथा निर्देशनअनुसार सुरक्षा जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरिरहेको बताए। उनले उपत्यकामा हुने निर्वाचन, जुलुस, प्रदर्शन तथा विरोध कार्यक्रमहरूमा शान्ति सुरक्षा कायम राख्न बाहिनी निरन्तर सक्रिय रहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...