News Portal

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

१८६ पटक

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा गर्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी दीर्घकालमा कमजोर बन्दै जाने चेतावनी दिएका छन्।

म्याग्दीबाट निर्वाचित सांसद पुनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नयाँ सरकारले जिम्मेवारी सम्हालेको पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्। उनका अनुसार भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न ढिलाइ गर्न नहुने बताए।

उनले विद्यमान कानुन तथा नियमका कारण कारबाही प्रक्रिया रोकिए तत्काल आवश्यक कानुनी संशोधन गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। सुशासन, पारदर्शिता र उत्तरदायित्व सरकारको मुख्य प्राथमिकता बन्नुपर्ने उनको जोड छ।

भ्रष्टाचार नियन्त्रणमा असफल हुनु जनताको विश्वासमाथिको गम्भीर धोका हुने उल्लेख गर्दै पुनले नागरिकले छोटो समयमै सुशासनको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने बताए।

सरकारले भ्रष्टाचार र कुशासन अन्त्य गर्ने स्पष्ट लक्ष्यसहित काम गरे आफूले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता पनि पुनले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...