News Portal

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

१९८ पटक

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले वैदेशिक रोजगारी र अध्ययनका सिलसिलामा विभिन्न मुलुकमा रहेका नेपालीमाथि बाह्य शक्तिको प्रभाव परेको बताएका हुन्।

उनले विदेशमा रहेका नेपालीहरू स्वतन्त्र रूपमा मतदान गर्न नसक्ने अवस्थामामा पुगेको उल्लेख गर्दै यसले देशको लोकतान्त्रिक अभ्यासमै गम्भीर प्रश्न उठाएको बताए। मतदातालाई दबाब र प्रभावमा पारेर निश्चित चुनाव चिह्नमा मतदान गराउन खोजिएको उनको भनाइ थियो।

केसीले देशभित्र पछिल्लो समय देखिएका राजनीतिक गतिविधिप्रति पनि चिन्ता व्यक्त गरे। महत्वपूर्ण सरकारी निकायहरूलाई लक्षित गर्दै भइरहेका प्रदर्शन र तनावले मुलुकको अवस्था जटिल बन्दै गएको उनले टिप्पणी गरे। जनताको निर्णय सधैं सही नै हुन्छ भन्ने धारणा व्यवहारमा फरक देखिएको उनको भनाइ थियो।

देशको वर्तमान परिस्थिति सिर्जना हुनुमा प्रमुख राजनीतिक दलहरूको कमजोरी रहेको आरोप लगाउँदै अध्यक्ष केसीले अब सबै दलहरूबीच गम्भीर सम्वाद र सहकार्य आवश्यक रहेको बताए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर साझा धारणा बनाउनुपर्नेमा उनले जोड दिए।

नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल हुन नहुने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय राजनीतिक प्रभावप्रति सजग रहनुपर्ने बताए। साथै विश्व राजनीतिक परिवेशले लोकतान्त्रिक अभ्यासमा नयाँ चुनौती थपिरहेको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...