News Portal

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

२०२ पटक

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई जारी गर्न स्वीकृति पाएको सेयरमध्ये छुट्याइएको भागमा आवेदन माग गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आधारमा ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ। यसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको छ भने २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

प्रभावित क्षेत्रअन्तर्गत जुगल गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दा समावेश छन्। आईपीओ बिक्री तथा व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिइएको कम्पनीले जनाएको छ।

आवेदन दिन चाहने स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले चैत २२ गतेदेखि ढिलोमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने चैत ११ गतेदेखि चैत २२ गतेसम्म आवेदन अवधि तोकिएको छ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘बीबी माइनस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको रहेको संकेत गर्छ।

यस कम्पनीले याम्बालिङ खोला जलविद्युत आयोजना अन्तर्गत ७.२७ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको अनुमानित कुल लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २५ करोड ७३ लाख रुपैयाँ पर्ने बताइएको छ। कम्पनीका अनुसार साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष र छुट दरमा लगानी फिर्ता अवधि १९.८७ वर्ष रहने प्रक्षेपण गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...