News Portal

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

५८ पटक

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको विषयलाई लिएर आइतबार विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। परीक्षा अन्तिम समयमा रोकिएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले क्याम्पस परिसरबाटै नाराबाजी सुरु गर्दै घण्टाघर क्षेत्रमा पुगेर मुख्य सडक अवरुद्ध गरेका हुन्।

प्रदर्शनका क्रममा स्थिति केही समय तनावग्रस्त बनेपछि प्रहरी क्याम्पसभित्र प्रवेश गरेको थियो। विद्यार्थीहरूले प्रहरीबाट क्याम्पस पोशाकमै रहेका साथीहरूमाथि लाठीचार्ज गरिएको आरोप लगाएका छन्। उनीहरूले घटनाको छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय पर्सा ले भने प्रदर्शन उग्र बन्दै गएपछि अवस्था नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको जनाएको छ। प्रहरीका अनुसार केही व्यक्तिले तोडफोडको प्रयास गरेपछि हस्तक्षेप गर्नुपरेको हो।

प्रदर्शनका कारण घण्टाघर क्षेत्रको मुख्य सडक दुवैतर्फ अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अवस्था सामान्य बनाउने प्रयास जारी रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...