News Portal

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

३०४ पटक

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ रहेका नेपाली श्रमिकहरूबीच तीव्र असन्तुष्टि देखिएको छ। श्रमिकहरूले यस कदमलाई आफ्ना गुनासा दबाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।

श्रमिकहरूको भनाइ अनुसार दूतावासको मुख्य उद्देश्य विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षण गर्नु र उनीहरूको समस्या सुन्नु हो। तर पछिल्लो समय दूतावासले गुनासा सुन्ने वातावरण कमजोर बनाएको आरोप उनीहरूको छ। “हामीले दुःख गरेर कमाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानेको छ, तर हाम्रो आवाज नै बन्द गरियो,” एक श्रमिकले गुनासो गरे।

उनीहरूका अनुसार दूतावासको हटलाइन सेवा प्रभावकारी छैन। फोन गर्दा सम्पर्क नहुने, प्रत्यक्ष भेटघाटका लागि समय नपाइने, र समस्या समाधानमा महिनौँ लाग्ने जस्ता समस्या लामो समयदेखि दोहोरिँदै आएका छन्। यस्ता गुनासा सार्वजनिक रूपमा राख्न खोज्दा समेत कमेन्ट बन्द गरिनुले थप निराशा बढाएको श्रमिकहरूको भनाइ छ।

सामाजिक सञ्जालमा आएका आलोचनालाई आधार बनाएर कमेन्ट बन्द गर्नु समाधान नभई समस्याबाट पन्छिने उपाय भएको उनीहरूले बताएका छन्। “यदि दूतावासले जिम्मेवारी प्रभावकारी रूपमा निभाएको भए, सर्वसाधारण किन आक्रोशित हुन्थे?” भन्ने प्रश्न समेत उठाइएको छ। श्रमिकहरूको आवाज उठाउँदै आज बिहान विजय खत्रीले एउटा भिडियो पनि बनाएका थिए।

श्रमिकहरूले दूतावाससँग पारदर्शिता कायम राख्न, गुनासा सुन्ने खुला माध्यम पुनः सञ्चालन गर्न र सेवाप्रवाहलाई प्रभावकारी बनाउन माग गरेका छन्। साथै, आम नेपाली श्रमिकप्रति उत्तरदायी बन्न दूतावासलाई आग्रह गरिएको छ।

यस विषयमा नेपाली दूतावासको औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...