News Portal

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

१६७ पटक

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टर काठमाडौंबाट पाँच जना यात्रु लिएर बिहान ११ बजे उडेको थियो र अवतरणको क्रममा ११ बजेर ५१ मिनेटमा दुर्घटना भएको हो।

वडाध्यक्ष मिलनकुमार राईका अनुसार, हेलिकप्टरमा नागमणि राई र उनका परिवारका सदस्यहरू थिए। उनीहरूको परिवारले यूकेमा निधन भएकी श्रीमती मनमछी राईको अन्तिम संस्कारका लागि शव नेपाल ल्याउँदै गर्दा यस उडान भरेका हुन्।

दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन्। काठमाडौंबासी काजीबहादुर राईको दाहिने खुट्टामा हल्का चोट लागेको छ र उनलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। अन्य सबै यात्रु र चालक दल सुरक्षित छन्।

हेलिकप्टरमा नागमणि राईसहित उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र घाइते काजीबहादुर राई सवार थिए। परिवारका अनुसार शव खोटाङ भोलि मात्रै आइपुग्नेछ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...