News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गुरुकुलमा चेलालाई गोरु चुटाई, भाँचियो चेलाको देब्रे खुट्टा !

    हिमाली संचार संवाददाता
    ५३० पटक

    दैलेख : दुल्लू नगरपालिकाले नाभिस्थानमा सञ्चालन गरेको पञ्चकोशी बेदबिद्याश्रम गुरुकुल विद्यापीठमा शिक्षक गरेको कुटपिटको कारण १३ वर्षीय बालक सुरेन्द्र हमालको देब्रे खुट्टा भाँचिएको कर्णालीटाइम्सले जनाएको छ ।

    हिन्दू धर्म संस्कार, शास्त्रीय कर्मकाण्ड बारे अध्यापन गराइने गुरुकुल विद्यापीठमा दिइएको पाठ कण्ठ गर्न नसकेको भनेर शिक्षक खगेन्द्र बजगाईंले गरेको कुटपिटका कारण बालकको खुट्टा भाँचिएको प्रत्यक्षदर्शी बालकले बताएका छन् ।

    संस्कृत श्लोक कण्ठ गर्न नसकेको भनेर मंसिर २६ गते बेदको छडीले मरणासन्न हुने गरी शिक्षक बजगाईंले कुटेका र उपचार गर्न पनि जान नदिएको अवस्थामा सोमवार मात्र त्यहाँ पढ्ने बालक नवराज खनालको प्रयासले भागेर दुल्लू अस्पताल पु¥याएरपछि मात्र घटना सार्वजनिक भएको हो ।

    दुल्लू अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जको वेष्टर्न अस्पतालमा भर्ना गरिएको छ । आरोपित शिक्षकले अस्पताल प्रशासनसंग मिलेर उनको स्वास्थ्य खास समस्या केही छैन भनी भन्न लगाएको पीडित पक्षको आरोप छ ।

    त्यहाँ सिकाउने नाममा दिनहुँ जसो कुटपिट गर्ने, तुच्छ शब्दले गाली गलौज गर्ने र अपशब्द बोल्ने शिक्षकहरुको दुव्र्यवहारका कारण आजित भएका त्यहाँ पढ्ने ६ जना बालकहरु सुरेन्द्रको खुट्टा भाँचिएको पाँचौं दिन एकै साथ गुरुकुल विद्यापीठ छोडेका छन् ।

    दुल्लू नगरपालिकाको ४ लाख अनुदान रकमबाट तलब भत्ता खाने गरी नियुक्त गरिएका प्रधानाध्यापक बजगाईं र अर्का शिक्षक दिपक पाण्डे दुबै जना घाइते बच्चाको उपचार गराउने नाममा नेपालगञ्ज पुगेका छन् ।

    सोमवार यो घटना सार्वजनिक भएपछि मात्र जानकारी पाएको पञ्चकोशी बेदबिद्याश्रम गुरुकुल विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्याय र सदस्य सचिव श्रोत व्यक्ति शिबराज खड्का समेतको उपस्थितिमा पीडित पक्षलाई उजूरी नगर्न आग्रह गरेको जानकारी प्राप्त भएको छ ।
    श्रोत व्यक्ति खड्कालाई यस बारे मोवाइलमा कुरा गर्न खोज्दा प्रतिक्रिया दिन चाहनुभएन ।

    त्यहाँ पढ्न चाहनेहरुलाई आवाशीय व्यवस्था मिलाइएको गुरुकुल विद्यापीठ सञ्चालन भएको दुई वर्ष अवधिमा दलितहरुलाई भर्ना नदिइएको दलित सेवा संघका केन्द्रीय सदस्य सूर्यबहादुर बिकले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘भर्ना नलिनु पनि विभेद हो ।

    सुरेन्द्र हमाल कुटिएको विषयमा मुद्दा दिन पीडित पक्षलाई पञ्चकोशी बेदबिद्याश्रम व्यवस्थापन समितिले रोकेको विषयमा सोध्दा अध्यक्ष कृष्णप्रसाद उपाध्यायले उपचार गरेर फर्किएपछि पनि ९० दिन भित्र उजूरी गर्न सकिने म्याद रहेकोले त्यस्तो सल्लाह दिइएको स्वीकार गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...