News Portal

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

१८४ पटक

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि १० धुर ऐलानी जग्गामा बसोबास गर्दै आएका ६५ वर्षीय फुलुवा पासवान विगत सात वर्षदेखि प्यारालाइसिसका कारण ओछ्यानमै जीवन बिताइरहेका छन्। कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार हुन नसक्दा उनी परिवारको भविष्यलाई लिएर चिन्तित छन्।

उनकी श्रीमती जशियादेवी पासवान पनि लामो समयदेखि घुँडाको समस्याबाट पीडित छिन्। उपचार खर्च अभाव हुँदा परिवारले थप समस्या झेलिरहेको छ। उनका ६ जना छोराहरूले बुबाआमाको उपचारका लागि दुःखसुख गरेर जोहो गरेको रकम खर्च गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवार झनै समस्यामा परेको छ।

परिवारका कान्छा छोरा धर्मेन्द्र पासवान विगतमा जनमजदुरी गरेर परिवार धान्दै आएका थिए। तर उनी स्वयं विगत ४ वर्षदेखि बिरामी परेपछि उपचारका लागि कोशी अस्पताल, विराट टिचिङ अस्पताल र नोबेल अस्पताल लगायतका अस्पतालमा लगिएको थियो। चिकित्सकहरूले उनको घाँटीमा नसाको समस्या देखिएको र शल्यक्रिया गर्नुपर्ने बताएका छन्।

थप उपचारका लागि उनलाई काठमाडौंस्थित काठमाडौं न्युरो सेन्टर र वीर अस्पतालमा लैजान सल्लाह दिइएको छ। आर्थिक अभावका कारण उपचारमा ढिलाइ हुँदा परिवार चिन्तित बनेको छ।

चिकित्सकका अनुसार समयमै उपचार नभए धर्मेन्द्रका हातहरू दिनप्रतिदिन कमजोर हुँदै जाने र स्वास्थ्यमा जटिलता बढ्न सक्ने खतरा रहेको छ। उनकी आमा जशियादेवीले आर्थिक अभावकै कारण उपचार अघि बढाउन नसकिएको बताएकी छन्।

पीडित परिवारका अनुसार हालसम्म नगरपालिका वा वडा कार्यालयबाट ठोस सहयोग प्राप्त भएको छैन। वडा अध्यक्ष कमल मोक्तानले आर्थिक सहयोगका लागि सिफारिस गरे पनि प्रभावकारी पहल नभएको परिवारको गुनासो छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...