News Portal

प्रहरी र स्थानीयबिच हानाहान रौतहटमा तनाब, पाँच राउन्ड गाेली चल्याे

हिमाली संचार संवाददाता
५९५ पटक

काठमाडौं : रौतहटको गरुडा नगरपालिकामा तनाव उत्पन्न भएकाे छ । जिल्लाकाे बिर्तामा साेमबार साँझ प्रहरी र स्थानीयबीच झडप भएपछी अवस्था तनावग्रस्त बनेकाे बताइएकाे छ ।

स्थानीय हाट बजारमा विवाद हुँदा झडप भएको हो । स्थानीय दुई समूहबीच कुटाकुट र झगडा भएपछि छुट्टाउन भनि गएको प्रहरीसँगै स्थानीयहरु जाईलागेपछि तनाव भएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी जानकारी दिए ।

मंसिर २८ गतेको घटनालाई लिएर स्थानिय हाटबजारमा नचिनीएक २ /३ जनाको समुहमा आएका युवाले विवाद गर्न खोजे पछि दुई समुहबीच कुटाकुट सुरू भएको थियाे । २ समुहबीचकाे झडपले तनावकाे रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अँश्रु ग्यास प्रहार गरेको रौतहटका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

विवाद साम्य पार्न ५ राउन्ड हवाइ फायर र ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएकाे छ । प्रहरीले हस्तक्षेप गर्न खाेजेपछि स्थानीय भने प्रहरीमाथी नै जाइलागेका थिए । जसकारण प्रहरीले हवाइ फाइर गर्नुपर्याे ।

प्रहरीले हवाइफाइर गरेपछि अहिले भने स्थिति नियन्त्रणमा आइसकेको रौतहटका डीएसपी मरासिनीले बताए । मरासिनी भने ,- ‘गत मंसिर २८ गतेको विवादका बारेमा हिजो पनि जिल्ला प्रहरी कार्यालयमा बसेर सम्झौता भएको छ ।’

सम्झौता अनुसार अव दुवै पक्ष समुदायमा मिलेर बस्ने र होहल्ला नगर्ने लगायतका विषयमा सहमति जुटेकाे बताइएकाे छ । डीएसपी मरासिनीका अनुसार हाट बजारमा विवाद गराउने समुहकोे पहिचान भैइसकेको छ ।

उनिहरूलार्इ कारबाहीको दायरमा ल्याउन अनुसन्धान अगाडि बढाइएकाे उनले बताएका छन् । पछिल्लाे समय पश्चिम तरार्इमा विभिन्न स्थानमा यस प्रकारका घटनाहरू बढ्न थालेका छन् ।

स्थानीयहरू सानातिना विवादमा पनि ग्याँङ फाइटमा नै उत्रीन थालेपछि प्रहरीलार्इ हम्मे हम्मे पने थालेकाे जानकारहरू बताउछन् । यद्धपी  समयमै बिवाद मिलेका कारण साेमबारकाे झडपमा कुनै अप्रिय घटना नघटेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...