News Portal

नयाँ शक्तिप्रति जनताको भरोसा : राष्ट्रिय स्वतन्त्र पार्टीमाथि ठूलो जिम्मेवारी

४६ पटक

काठमाडौँ -नेपाली राजनीतिमा यतिबेला महत्वपूर्ण मोड आएको देखिएको छ। लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना राजनीतिक दलहरूप्रति जनतामा बढ्दो असन्तुष्टि देखिएसँगै मतदाताले नयाँ शक्तितर्फ आशा र भरोसा व्यक्त गरेका छन्। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनताको समर्थन उल्लेखनीय रूपमा बढेको देखिन्छ।

विगतमा देशको राजनीतिक मैदानमा नेपाली कांग्रेस, नेकपा एमाले माओवादी र अन्य दलहरूको वर्चस्व रहँदै आएको थियो। विभिन्न समयमै साना–ठूला दलहरू मिलेर बनेका कम्युनिस्ट पार्टीहरू पनि राजनीतिक प्रतिस्पर्धामा सक्रिय थिए। तर पछिल्लो निर्वाचन परिणामले जनताको मनोविज्ञानमा परिवर्तन आएको संकेत गरेको छ।

जनताले अब पुराना दलहरूले अपेक्षित काम गर्न सकेनन् भन्ने निष्कर्ष निकाल्दै नयाँ राजनीतिक शक्तिलाई अवसर दिएका छन्। यही कारणले धेरै मतदाताले बाहिर पुराना दलप्रति समर्थन देखाए पनि मतदान गर्दा भने घण्टी चुनाव चिन्हमा मत दिएका उदाहरणहरू समेत भेटिएका छन्।

निर्वाचन अनुगमन तथा रिपोर्टिङका क्रममा विभिन्न मतदान केन्द्रमा पुग्दा धेरै मतदाताले पुराना दलप्रति निराशा व्यक्त गर्दै नयाँ विकल्पको खोजीमा रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूको भनाईमा अब देशमा सुशासन, रोजगारी सिर्जना र आर्थिक सुधार ल्याउने नेतृत्वको आवश्यकता छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइको जनादेश प्राप्त गरी सरकार गठन गर्न सफल भएपछि भने कानुन निर्माण, संविधान संशोधन तथा संरचनागत सुधारजस्ता महत्वपूर्ण निर्णय गर्न सक्ने अवस्था बन्न सक्छ। प्रदेश संरचना, प्रशासनिक सुधार र सुशासन स्थापना जस्ता विषयमा समेत ठोस पहल गर्ने अवसर उसलाई मिल्ने देखिन्छ।

सबैभन्दा ठूलो चुनौती भनेको रोजगारी सिर्जना र युवाहरूको विदेश पलायन रोक्ने विषय हो। अहिले ठूलो संख्यामा नेपाली युवाहरू रोजगारीका लागि विदेश जान बाध्य छन्। यदि देशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न सकियो भने युवाहरू विदेशिनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।

त्यसैगरी वैदेशिक नीति पनि आगामी सरकारका लागि महत्वपूर्ण विषय हुनेछ। भारत, चीन लगायत अन्य मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्दै व्यापार, आयात–निर्यात तथा लगानीको वातावरण सुधार गर्न सके देशले आर्थिक फड्को मार्ने सम्भावना छ।

यद्यपि नयाँ शक्ति पनि पुरानै शैलीमा चलेमा जनताले फेरि असन्तुष्टि व्यक्त गर्ने सम्भावना रहेको छ। विगतमा माओवादी आन्दोलनपछि देखिएको जनलहर पनि समयसँगै कमजोर भएको उदाहरण राजनीतिमा देखिइसकेको छ।

हालै विभिन्न कम्युनिस्ट दलहरू मिलेर बनेको नयाँ संरचनाले समेत अपेक्षित परिणाम ल्याउन सकेको छैन। केही क्षेत्रमा सीमित सिटमा मात्र जित हासिल भएको अवस्था छ। यसले नेपाली मतदाता अहिले पहिलेभन्दा बढी सचेत भएको संकेत गर्छ।

राजनीतिक दलहरूले चुनावअघि घरदैलोमा सक्रिय हुने तर चुनावपछि जनतासँगको सम्बन्ध कमजोर हुने प्रवृत्तिले पनि जनतामा निराशा बढाएको देखिन्छ। त्यसैले आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्न सके मात्र राजनीतिक दलहरूले आफ्नो विश्वास कायम राख्न सक्नेछन्।

आगामी पाँच वर्ष नयाँ शक्तिका लागि अवसर र चुनौती दुवै हुनेछन्। यदि सुशासन, विकास, रोजगारी, स्वास्थ्य, यातायात, खानेपानी, बिजुली र इन्टरनेट जस्ता आधारभूत सेवाहरू देशका हरेक जिल्लामा विस्तार गर्न सकियो भने देशले वास्तविक रूपमा विकासको बाटो समात्ने विश्वास गरिएको छ।

तर यदि पुरानै शैली र प्रवृत्ति दोहोरियो भने आगामी निर्वाचनमा फेरि राजनीतिक समीकरण बदलिन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ।हालैको राजनीतिक परिवर्तनसँगै नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले ठूलो भरोसा व्यक्त गरेका छन्। पुराना राजनीतिक दलप्रति बढ्दो असन्तुष्टिका बीच जनताले परिवर्तनको आशासहित नयाँ शक्तिलाई समर्थन दिएका हुन्।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिले जनताले नयाँ दललाई अवसर दिएका छन्। यदि नयाँ शक्ति बनेर आएको दलले जनताको हकहित, समाजको विकास र देशको समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्न सके जनताको समर्थन अझ बलियो बन्नेछ।

तर, यदि नयाँ शक्ति पनि पुरानै राजनीतिक दलहरूको शैलीमा चल्न थाल्यो, जनताको अपेक्षा र विश्वासलाई सम्बोधन गर्न सकेन भने पाँच वर्ष नपुग्दै जनताको समर्थन गुम्ने अवस्था आउन सक्ने विश्लेषण गरिएको छ।

त्यसैले अहिले जनताको भरोसा जितेको राष्ट्रिय स्वतन्त्र पार्टीसामु ठूलो जिम्मेवारी आएको छ। पारदर्शिता, सुशासन र जनमुखी काममार्फत जनताको विश्वास जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको राजनीतिक जानकारहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

नयाँ शक्तिप्रति जनताको भरोसा : राष्ट्रिय स्वतन्त्र पार्टीमाथि ठूलो जिम्मेवारी

काठमाडौँ -नेपाली राजनीतिमा यतिबेला महत्वपूर्ण मोड आएको देखिएको छ। लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना...

आज २०८२ साल फागुन २४ गतेको राशिफल

आज फागुन २४, २०८२ ( मार्च ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...