News Portal

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

१७८ पटक

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको भिडियो सन्देशप्रति समर्थन जनाउँदै मुलुकका जटिल राजनीतिक र राष्ट्रिय मुद्दाहरू पहिला समाधान गर्नुपर्ने अडान दोहोर्‍याएको छ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठ ले केन्द्रीय पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै तत्काल निर्वाचनमा केन्द्रित हुनु भन्दा पहिले राष्ट्रिय सहमति निर्माण आवश्यक रहेको बताएका छन्। उनका अनुसार सहमति बिना चुनावमा जाँदा परिणामपछि विवाद, असन्तोष र अस्थिरता बढ्न सक्ने जोखिम रहन्छ।

राप्रपाले सबै राजनीतिक शक्ति र सरोकारवालालाई समेटेर साझा समझदारीको वातावरण तयार पार्नुपर्नेमा जोड दिएको छ। पार्टीको भनाइमा राष्ट्रिय सहमतिको आधारमा अघि बढ्दा मात्र निर्वाचनले दीर्घकालीन स्थिरता दिन सक्छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठकको अध्यक्षता उपाध्यक्ष बुद्धिमान तामाङ ले गरेका थिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...