News Portal

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

२१८ पटक

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पारस बम हुन्, जानकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी नवराज अधिकारीले दिनुभयो।

घटना चप्पल कारखानाको अगाडि भएको थियो। पैदलयात्रीमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो। भिडियोमा देखिन्छ कि कारबाट झरेका व्यक्ति पैदलयात्रीमाथि गाली गर्दै हातपात गर्दैछन्, त्यसपछि त्यहाँ आएका एक महिलाले पनि गाली गर्ने दृश्य देखिन्छ।

पक्राउ परेका पारस बमलाई हाल ट्राफिक कार्यालय रामशाह पथमा राखिएको छ र थप कारबाही अघि बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...