News Portal

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

२४४ पटक

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालकको खोजी कार्य प्रहरीले सुरु गरेको छ। भिडियोमा एक व्यक्ति कारबाट ओर्लिएर पैदलयात्रीलाई अपशब्द प्रयोग गर्दै मुक्का प्रहार गरेको देखिन्छ। घटनास्थलमा पछि एक महिला पनि आएर विवादमा सामेल भएको सुनिन्छ।

भिडियोमा साझा यातायातको बससमेत देखिएकाले घटना काठमाडौं उपत्यकाभित्रकै हुन सक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले भिडियो प्राप्त भइसकेको जानकारी दिँदै संलग्न व्यक्ति र सवारी साधनको पहिचानका लागि अनुसन्धान अघि बढाइएको बताए।

प्रहरीले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...