News Portal

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

२३४ पटक

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका–८ का २२ वर्षीय सौगात थापा मगर र ३२ वर्षीय सूर्य राजवंशीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार आइतबार दिउँसो गोप्य सूचनाका आधारमा तुलबहादुर थापा मगरको घरमा संयुक्त टोलीले खानतलासी गरेको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले घर पछाडि रहेको कुखुराको खोरमा लुकाइराखिएको प्लास्टिक ड्रमभित्र ९ एमएमको पेस्तोल, एक थान म्यागेजिन र ४० राउन्ड गोली बरामद गरेको जनाएको छ।

अनुसन्धानका क्रममा उक्त हतियार भदौ २४ गते जेनजी आन्दोलनका बेला बिर्तामोडबाट लुटिएको पुष्टि भएको प्रहरीले बताएको छ। घटनापछि फरार रहेका सौगातलाई सोमबार पक्राउ गरिएको हो। प्रारम्भिक बयानका आधारमा सूर्य राजवंशी पनि पक्राउ परेका छन्।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...