News Portal

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

१७० पटक

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरूको सामना कानुनी रूपमै गर्ने र अदालतको प्रक्रियालाई सधैँ सम्मान गर्ने बताउनुभएको छ।

अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले भन्नुभयो, “अदालती प्रक्रियालाई सधैँ सम्मान गर्नुपर्छ। हामीले न्यायको खोजी गर्ने भनेको सम्मानित अदालतबाटै हो। हिजो जस्तो भए पनि, आज जे जस्तो भए पनि, अदालतप्रति मेरो विश्वास सधैँ अटल छ।”

आफूविरुद्ध विभिन्न ठाउँमा मुद्दाहरू चलाइएको प्रति सङ्केत गर्दै उहाँले एकै महिनामा पाँच-पाँचवटा अदालत धाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको बताउनुभयो। “कहिलेकाहीँ अलि दौडादौड हुन्छ, तर अदालतको समय र प्रक्रियालाई मध्यनजर गर्दै मैले आफ्ना कार्यतालिकाहरू बनाउने कोसिस गरेको छु,” उहाँले थप्नुभयो।

कानुनी राज्यको स्थापनाका लागि आफूहरू राजनीतिमा आएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “हामी कानुनी राज्य स्थापना गर्न हिँडेका हौँ। त्यसैले हामी आफैँले कानुनी राज्य र अदालती प्रक्रियालाई पूर्ण रूपमा अवलम्बन गर्नुपर्छ। म न्यायका लागि लड्दै छु, खेप्दै छु र बुझ्दै छु।”

लामिछानेले आफूमाथि लगाइएका आरोपहरू निराधार सावित हुने र सम्मानित अदालतबाट ढिलो चाँडो न्याय पाउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको समेत बताउनुभयो। उहाँले आफ्ना समर्थकहरूलाई शान्त रहन र कानुनी प्रक्रियामा सहयोग गर्न समेत आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...