News Portal

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

२०८ पटक

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले सुशासन कायम गर्न तीनै तहका सरकारले कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे।

उनका अनुसार अख्तियार भ्रष्टाचारविरुद्ध अन्तिम अस्त्रका रूपमा काम गर्ने निकाय हो। त्यसैले सरकारसँगै नागरिक समाज र सञ्चारमाध्यमको सहकार्यबिना प्रभावकारी नियन्त्रण सम्भव नहुने उनले बताए। आयोगले पछिल्लो समय जनशक्ति वृद्धि, कार्यशैली सुधार र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै काम गरिरहेको पनि उनले जानकारी दिए।

राईले आयोगप्रति जनताको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको दाबी गर्दै विगतको तुलनामा आलोचना घटेको र विश्वास बढेको बताए। भ्रष्टाचारका स्वरूप दिनानुदिन जटिल बन्दै गइरहेकाले अझ सशक्त र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

हिमाली सञ्चार संवाददाता अनुसार आयोगले आगामी दिनमा सुशासन सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रणका प्रयासलाई थप तीव्र बनाउने जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...