News Portal

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

४२७ पटक

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त भेलामा पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा बहुमत हासिल गर्ने रणनीतिबारे व्यापक छलफल गरिएको थियो।

भेलामा गाउँपालिका सभापति, उपसभापति, वडा सभापति, जिल्ला कार्यसमिति सदस्य जिल्लाकाे उपसभापति वडा कार्यसमिति सदस्यहरू तथा विभिन्न तहका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा आगामी चुनावमा पार्टीलाई सशक्त बनाउने, जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने तथा स्थानीय स्तरमा पार्टी गतिविधि प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै नेताहरूले संगठन विस्तार, युवाशक्ति परिचालन र जनमुखी कार्यक्रममार्फत नेपाली कांग्रेसलाई अझ बलियो बनाउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूबीच पार्टीको आन्तरिक एकता, अनुशासन तथा कार्ययोजना निर्माणका विषयमा समेत विस्तृत छलफल भएको आयोजकले जनाएको छ।

भेलाले आगामी दिनमा पार्टीका कार्यक्रमहरूलाई थप सक्रिय र प्रभावकारी बनाउँदै जनताको विश्वास जित्ने निर्णयसमेत गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...