
कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको नारा ‘अबकी बार कांग्रेसको सरकार’को सट्टा ‘अबकी बार सय पार’ बनाउन आग्रह गरेका छन्। थापाले भने, “नारा लगाउनै हो भने ‘अबकी बार सय पार’ भनेर लगाउनुस्। यसपालि कांग्रेसलाई बहुमतमा पुर्याउन सकिन्छ।”
सभापति थापाले पार्टी सफल बनाउन नेता–कार्यकर्ताको सक्रियता र मेहनत अनिवार्य रहेको बताए। उनले जोड दिए, “पार्टीका हरेक सदस्यले आफू उम्मेदवार भएको भान राखेर वडा–वडा, टोल–टोलसम्म संगठन गर्नुपर्छ। यो पार्टी १० लाख सक्रिय सदस्य भएको पार्टी हो।”
थापाले परिवर्तन आएको कांग्रेसले देशमा पनि नयाँ सोच र सुधार ल्याउने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई तल्लो तहसम्म पुगेर काम गर्न प्रोत्साहित गरे।