News Portal

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

२४० पटक

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विषयमा चासो व्यक्त गरेका छन्। बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै उनले सुरक्षा चुनौती अझै कायम रहेकाले सरकारको तयारी प्रभावकारी हुनुपर्ने धारणा राखेका हुन्।

प्रधानमन्त्री कार्कीले भने निर्वाचनलाई सुरक्षित बनाउन सरकारले आवश्यक सबै प्रबन्ध मिलाइसकेको बताइन्। उनका अनुसार बुधबारदेखि नै करिब ८० हजार सुरक्षाकर्मी देशभर परिचालन भइसकेका छन् र मतदाता, उम्मेदवार तथा कर्मचारीको सुरक्षामा कुनै कमी हुन नदिइने प्रतिबद्धता जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। ओलीसँगै एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए।

निकट स्रोतका अनुसार ओलीले निर्वाचन सार्ने सम्भावनाबारे सरकारको धारणा पनि सोधेका थिए। यसबारे प्रधानमन्त्रीले हिमाली जिल्लामा मौसम प्रतिकूल भए मात्र आवश्यक निर्णय लिन सकिने स्पष्ट पारेकी थिइन्। दुई नेताबीच करिब दुई घण्टा संवाद चलेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...