News Portal

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

२५१ पटक

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’ को दायाँ इन्जिनमा बुधबार दिउँसो आगो लागेको छ। विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार जहाज उडेको चार मिनेटमै आगो लाग्ने जानकारी प्राप्त भयो।

चालकदलले दायाँ इन्जिन बन्द गरी जहाजलाई नियन्त्रणमा राखे र भारतको कोलकाता विमानस्थलमा डाइभर्ट गर्ने निर्णय गरे। जहाजमा २२५ यात्रु थिए। आगो लाग्ने खबर आएपछि त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो। आवश्यक सुरक्षा व्यवस्था जस्तै दमकल र एम्बुलेन्स पनि तत्काल तयार गरियो।

आगो नियन्त्रणमा आएपछि जहाजले बायाँ इन्जिनको मात्र प्रयोग गरी कोलकातामा सुरक्षित अवतरण गरेको छ। विमानस्थल अहिले सामान्य अवस्थामा सञ्चालनमा फर्किसकेको छ। यात्रु र चालकदल सबै सुरक्षित रहेका छन्।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...