News Portal

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

२३८ पटक

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि दलसँग चुनावी गठबन्धनको प्रक्रिया अघि नबढाएको बताएका छन्।

काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारसँगको छलफल कार्यक्रममा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस वा नेकपाका नेताहरूसँग गठबन्धनका विषयमा कुनै वार्ता नगरेको प्रष्ट पारे। उनका अनुसार पछिल्ला भेटघाटहरू गठबन्धन केन्द्रित नभई देशको समसामयिक राजनीतिक अवस्था र चुनौतीबारे साझा धारणा बनाउने उद्देश्यले मात्र भएका हुन्।

बस्नेतले आगामी निर्वाचनको निष्पक्षतामाथि भने चिन्ता व्यक्त गरे। सरकारले दुई चरणमा चुनाव गराउने योजना ल्याएर परिणामलाई प्रभावित पार्ने र निश्चित उम्मेदवारलाई फाइदा पुर्‍याउने प्रयास हुनसक्ने आशंका उनले व्यक्त गरे। उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...