News Portal

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

४२ पटक

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास अन्त्य भइसकेको दाबी गर्दै अब कांग्रेस एकता, सहकार्य र पारदर्शिताको नयाँ बाटोमा अघि बढेको बताएका छन्।

शनिबार काठमाडौं–४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र सबै नेता–कार्यकर्तालाई समान अवसर र सम्मानको वातावरण सिर्जना गरिएको उल्लेख गरे। आफू पुगेको नेतृत्वको स्थानमा पुग्ने अधिकार हरेक कांग्रेसजनलाई बराबर रहेको उनको भनाइ थियो।

थापाले यसपटक सहज मानिएको काठमाडौं क्षेत्र छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णय सोचविचार गरेरै लिएको स्पष्ट पारे। देशको नेतृत्व गर्न मधेससँग नजिकिन आवश्यक रहेको भन्दै उनले मधेसका मुद्दालाई प्राथमिकतामा राख्न आफू त्यहाँ पुगेको बताए। काठमाडौं र मधेसबीच सेतुको भूमिका खेल्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

उनले विभाजनभन्दा एकताको राजनीतिमा विश्वास गर्ने दोहोर्‍याउँदै चेतना र विचारको राजनीति आवश्यक रहेको धारणा राखे। काठमाडौंसँग आफ्नो सम्बन्ध सधैं कायम रहने भन्दै उनले यहाँका नेता–कार्यकर्ता र जनताप्रति आभार व्यक्त गरे।

पार्टी सुधारका विषयमा बोल्दै थापाले आगामी दिनमा उम्मेदवार छनोट प्रक्रिया थप पारदर्शी बनाइने बताए। वडास्तरबाटै ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार चयन गरिने र टिकटका लागि नेताको घर धाउनुपर्ने अवस्था अन्त्य हुने उनको दाबी छ। साथै, स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै १५औं महाधिवेशन सम्पन्न गर्ने तयारीसमेत गरिएको उनले जानकारी दिए।

सभापति थापाले कांग्रेसभित्र अब कुनै गुट वा भागबण्डा नरहेको र ‘अँध्यारो कोठा’ को सम्झौता नहुने स्पष्ट पार्दै नयाँ कांग्रेस जिम्मेवार, समावेशी र देश सम्हाल्न सक्षम पार्टीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...