News Portal

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा काफ्ले

हिमाली संचार संवाददाता
७०२ पटक

काठमाडाैँ : गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समाजको अाइतबार भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा पौडेल उपाध्यक्ष, महासचिव अशोक दाहाल, सचिव विष्णु खड्का र कोषाध्यक्षमा दीर्घपाणि (डिपी) उपाध्याय चयन भएका छन ।

अघिवेशनबाट सदस्यमा अक्कल कुँवर, बिपी साह, सिर्जना घिमिरे, खगेन्द्र भण्डारी वासु खड्का, जयसिंह महरा र सोभिता रिसाल निर्वाचित भएका छन ।

दुई वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्ष बगाले, महासचिव दाहाल र कोषाध्यक्ष उपाध्याय निर्विरोध भएका हुन भने अन्य पदमा नेकपा समर्थित पत्रकारहरूको समूह र व्यवसायिक भनिएको पत्रकारको समूहको बीचमा मतदान भएको थियो ।

नेकपा निकटका पत्रकारहरूको तर्फबाट कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका नरेन्द्र साउदले अध्यक्षमा प्रतिस्पर्धा गरेपनि १५ मतले पराजित भए ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...