News Portal

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

४४ पटक

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयत्नमा संघीय, प्रदेश र स्थानीय सरकार सबैको लगानी आवश्यक रहेको बताएकी छन्।

आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्, “केवल संघीय सरकारले मात्र बजेट दिने हो भने स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न अपुग हुन्छ। त्यसैले प्रदेश र स्थानीय तहले पनि बजेट छुट्याउनुपर्छ।” उनले हाल पनि धेरै अस्पतालहरूले स्वास्थ्य बीमाका लागि बजेट नपाएको गुनासो गरेको र सरकारले भुक्तानी दिन नसकेको जानकारी दिइन्।

उनका अनुसार, स्वास्थ्य मन्त्रालयको आफ्नै बजेटबाट करिब एक अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी गरिएको छ। मन्त्रीले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बीमाका लागि रकम छुट्याउन आग्रह गरेकी छन्।

मन्त्री गौतमले सरकारले सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन निरन्तर प्रयास गरिरहेको बताइन्। उनले सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन गर्नुपर्ने र नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन नीति तथा योजना बनाउन आवश्यक रहेको पनि बताइन्।

साथै, गत भदौ २३–२४ को आन्दोलनमा घाइते भएका नागरिकको उपचारमा कुनै कमी नराखिने र अङ्ग प्रत्यारोपण आवश्यक पर्ने व्यक्तिहरूको व्यवस्थापनमा सरकारले ध्यान दिएको जानकारी उनले दिइन्। साथै, सहिद परिवारको मागका विषयमा आवश्यक छलफल पनि भइरहेको उनले उल्लेख

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...