News Portal

  • रंगेली वडा नम्बर ७ का स्थानीयले बुझाए नयाँ सहरका लागि जग्गा, हेर्नुस् कहाँकाे जग्गा हाे त ??

    हिमाली संचार संवाददाता
    ३८५ पटक

    रबिन्द्र बराल
    नयाँ सहरका स्थापनाका लागी मोरङ्को रंगेली नगरपालिका वडा नम्बर ७ का स्थानीयले जग्गा उपलव्ध गराएका छन । नेपाल सरकारले पुुराना सहरलाई नयाँ सहर अर्थात स्मार्ट सिटि वनाउने योजना अघि वढाएपछी नया सहर स्थापनकालागी मोरङ जिल्लाकाे पुरानो सदरमुकामका स्थानियहरुले स्वतस्फूर्त रुपमा जग्गा दिन थालेका छन ।

    रंगेलीलाई नयाँ सहर वनाउने योजना अघि वढेपछि रंगेली नगरपालिका वार्ड न ७ का स्थानियहरुले रंगेलीकाे वडा नम्बर ७ मा रहेको दाेहमना वजार जाने सडक र पश्चिमा रंगेली कानेपाेखरी सडक र दक्षिणमा हुलाकी राजमार्गले छाेएकाे सडककाे मुटुमा रहेकाे साे जग्गालाई स्थानीयले नयाँ सहर बनाउन अत्यन्तै जरुरी रहेको र रंगेलीकाे मुटुमा समेत उक्त जग्गा रहेको हुनाले बडि प्राथमिकतामा राखिनुपर्ने स्थानीय सुन्दर लाल मंन्डले बताए ।

    नयाँ सहरका लागि स्थानीयले ६१ विघा जग्गा उपलव्ध गराएका हुन। किसान, स्थानीय बुद्धिजीवी , लागायतका सर्वसाधारणहरु रंगेली नगरपालिका पुुगेर सात नम्वर वर्डाका वडाअध्यक्ष रामचन्द्र मण्डललाई ६१ विघा जग्गाको लालपुुर्जा वुुझाएका हुुुन ।

    सरकारले हुुलाकी राजमार्गसंग जोडिएको रंगेली वजारलाई नयाँ सहरको रुपमा विकासगर्न जग्गा माग गरेपछि सो वडाका स्थानियहरुले जग्गा उपलव्ध गराएका हुुन । वडाअध्यक्ष मण्डल मार्फत ६१ विघा जग्गाको लालपुुर्जा सहितको निवेदनदर्ता गराएको स्थानिय शत्रुुधन रजकले बताए ।

    रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यत्र लैजान खोजेको भन्दै रंगेली नगरपालिका वर्डा न ६ का स्थानियहरुले पनि यस अघि ८५ विघा जमिनको लालपुुर्जा नगरपालिकामा वुुझाएका थिए । रंगेली नगरपालिकाका ९ वटै वडाका स्थानियहरु आफनो वडामा नयाँँ सहर वनाउने योजनमा लागेका छन । सरकाले भने रंगेलीको ४, ६ र ७ नम्वर वर्डालाई लक्षित गर्दै नयाँ सहरको योजना अधि सारेकाे छ ।

    नयाँ सहर स्थापनका लागी कम्तिमा ५० विघा जमिन आवश्यक पर्दछ । उक्त जग्गामा नयाँ सहर आयोजनाले पक्कीनाला, सडक, ड्रेन, खेलमैदान , कन्फे्रन्सहल सहित पुुर्वाधारयुुक्त विकासगरी आन्तिममा सम्वन्धीत जग्गाधनीलाई जग्गा र्फितादिएपछि त्यहि जग्गा घडेरीमा बिक्री गरेर नयाँ वस्ति वसाल्ने सहित पुुर्वाधार खडागर्ने नयाँ सहरको योजना हो । रंगेली नगरपालिकाले स्थानियवाट प्राप्त भएको जमिनमध्ये कुुन ठाँउमा नयाँ सहर उपयुुक्त हुुन्छ भन्ने अन्तिम निर्णय कार्यपालिकाले गर्दछ ।रंगेलीमा नयाँ सहरकालागी ३० करोडका ४ वटा योजना निमार्ण गरिने सरकारको लक्ष्य रहेको छ।

    रंगेलीमा नया शहर विकासका लागी ई.आर.एम.सि– एन.ई.एस.टि – ए.एन.ओ.टी जेभीले प्राविधिक काम सहित योजना तर्जुमा र सम्भाव्यता अध्ययन गरिरहेको छ । रंगेलीको ७ वडालाई योजना छनौट भए रंगेलीको भविष्य राम्रो हुने स्थानीय मचिन्द्र कटुवालले बताए । उनले भने यस ठाउमा नयाँ सहर निर्माण भए माेरङकाे रमाइलो ,कानेपाेखरी, दलेलि, अमरदह, सिजुवा दाेहमना लागायत का मानिस हरु बसाइँसराइ गरि अाउने क्रम बडि हुने समेत बताए।

    हुलाकी राजमार्गको कानेपोखरी सडकले छुने गरी स्थानिय वडाबासीहरुले जग्गा उपल्वध गराएकाले वडा र कार्यापालिका बैठक बाट जसरी पनि निर्णय गराएर प्रक्रिया अगाडी बढाउने बताए । वडाध्यक्ष रामचन्द्र मण्डलले भने– यसले रंगेली बजारको पनि भविष्य जोगिन्छ, सबै सचेत जागरुक भएर लाग्नु पर्छ ।

    सरकारले नया शहर निर्माण योजना अन्र्तगत प्रदेश नं.१ को मोरङ्गको पुरानो सदरमुकाम रंगेली र झापाको गौरीगञ्जलाई पुर्नजिवन दिन छनौट गरेको थियो । सदरमुकाम सरेको सय ५ वर्षको इतिहासमा पुर्वाधारको विकास हुन नसक्दा रंगेलीबाट ठुला व्यापारी र स्थानियबासीहरु भने बसाई सर्ने क्रम बढ्दो रहेको छ । त्यस कारण रंगेलीकाे वडा नम्बर ७ मा नयाँ सहर हुनु अतिअावस्यक रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...

    सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

    काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ...