News Portal

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

२३२ पटक

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन देशभरका सदस्यहरूलाई सक्रिय हुन आह्वान गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित पठाइएको पत्रमार्फत पार्टीले बहुमत सिट जित्ने अभियानमा एकजुट भएर लाग्न निर्देशन दिएको हो।

पत्रमा मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि एमालेको स्पष्ट बहुमत आवश्यक रहेको उल्लेख गर्दै सबै तहका नेता–कार्यकर्ता र सदस्यलाई चुनावी अभियानमा जिम्मेवारीपूर्वक खटिन आग्रह गरिएको छ। पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न उच्च मनोबल र सक्रिय सहभागिता आवश्यक रहेको ओलीले बताएका छन्।

पार्टी स्रोतका अनुसार यो सन्देश करिब ६ लाखभन्दा बढी सदस्यसम्म पुर्‍याइएको छ। यसले संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने अपेक्षा गरिएको छ।

एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले यो अपिल सदस्यहरूका साथै आम मतदातालाई पनि लक्षित गरिएको स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...