News Portal

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

२५३ पटक

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। केही दिनदेखि सम्पर्कमा नरहेका हरिबहादुर डिसीलाई खोजी गर्ने क्रममा जंगल क्षेत्रमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका–२ रामपुर निवासी डिसी कार्यालयमा चालकको जिम्मेवारी सम्हाल्दै आएका थिए। माघ ८ गते बिहान ड्यूटी सकेर स्कुटीमा घरतर्फ निस्किएका उनी त्यसपछि परिवार र सहकर्मीको सम्पर्कमा आएका थिएनन्। लामो समयसम्म घर नफर्किएपछि खोजी अभियान सुरु गरिएको थियो।

खोजतलासकै क्रममा घोराही–१८ घरडौरा क्षेत्रको वन आसपास उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। घटनाको प्रकृतिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यस घटनाले प्रहरी संगठन तथा स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...