News Portal

धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन’

हिमाली संचार संवाददाता
४४० पटक

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताएका छन् ।

यहाँ आज आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।’

गभर्नर डा. नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै अरुलाई जागिर दिने मान्छे बन्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

‘व्यापार भनेको नयाँ अन्वेषण र योजना हो’, उनले भने, ‘व्यापार गर्नेको तीक्ष्ण दिमाग हुन्छ, त्यसैले अब घरबाटै आविष्कारीय र व्यापारिक योजना शुरु गर्नुपर्छ ।’

गभर्नर डा. नेपालले मुलुक विभिन्न कानून निर्माणका चरणमा रहेका बेला व्यापार गर्ने वातावरण झन सजिलो रहेको उल्लेख गर्दै सबैभन्दा ठूलो समस्या अर्थशास्त्रको सिद्धान्तलाई नेपालीले बुझ्न नसकेको बताए ।

‘अर्थतन्त्रको सूक्ष्म विषयवस्तु समेटिएकाले यो पुस्तकमा पढ्न लायक छ’, उनले भने, ‘घरभित्रै पनि अर्थशास्त्रका विषयमा छलफल जरुरी छ ।’

नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्प आचार्यले शासन परिवर्तनले मात्रै देश समृद्धि नहुने बताउँदै समृद्धिका लागि मुलुकमा उद्यमशीलताको विकास जरुरी रहेको आवश्यकता औँल्याए ।

युवा उद्यमशीलताका उत्प्रेरक आकाश श्रेष्ठ, नरोत्तम अर्याल तथा नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले समृद्ध नेपाल निर्माणका लागि मुलुकमा व्यापार, व्यवसायको विकास तथा विस्तार हुनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...