News Portal

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

१९९ पटक

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई नभ्याई भइरहेको छ। यस वर्षको अन्तिम पर्वका रूपमा मनाइने माघे सङ्क्रान्ति नजिकिदै जाँदा सर्वसाधारणहरू चिउरा कुटाउन मिलमा घुईँचो लागेको छ। विशेषगरी थारु समुदायले आफ्नो माधी पर्व उत्साहका साथ मनाउने माघे सङ्क्रान्तिका लागि बिहानैदेखि सर्वसाधारणहरू लाइनमा बसेर आफ्नो पालो कुर्दै चिउरा कुटाउन थालेका छन्।

रंगेली नगरपालिका–३ स्थित बजरङ्ग लघु उद्योगमा रहेको कुटानी पिसानी मिलमा रंगेली, दर्बेशा, रंजनी, निसानथान लगायतका स्थानका सर्वसाधारणहरू चिउरा कुटाउन आउन थालेका छन्। यहाँ दैनिक १० केजीदेखि ५० केजीसम्म चिउरा कुटाउन ल्याउने गर्दछन्। मिलका सञ्चालिका मीना खत्री साहका अनुसार दैनिक १५ सय केजीदेखि २ हजार केजीसम्म चिउरा कुटिन्छ।

चिउरा कुटाउनको लागि धानलाई एक दिनअघि रातभर पानीमा भिजाइन्छ। बिहान उक्त धान पानीबाट निकालेर मिलमा कराईमा भुटेर सुख्खा बनाइन्छ। त्यसपछि मिलको मेशिनमा राखेर चिउरा तयार गरिन्छ। माघ १ गतेका लागि तयार चिउरा लड्डु बनाउन प्रयोग गरिन्छ र घरमा रहेका देवी–देउताहरूमाथि चढाएर खाइन्छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...