News Portal

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

७८ पटक

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ को विशेष लाइभ प्रस्तुति हुने भएको छ। गाउँको पहिचान, संस्कृति र स्थानीय कलालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।

रत्नेचौरका समाजसेवी नेत्रबहादुर महत र इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका व्यवस्थापक भक्तबहादुर देउवाबीच कार्यक्रम सञ्चालनका लागि औपचारिक सहमति भइसकेको छ। यसअघि रत्नेचौर सेवा समाजको पहलमा इन्द्रेणी टोलीले काठमाडौंमा कार्यक्रमको एक एपिसोडको छायांकन गरिसकेको छ, जसको टिजर पनि सार्वजनिक गरिएको छ।

रत्नेचौरमा हुने कार्यक्रममा लोकदोहोरी गायक सूर्य खड्काको पनि प्रस्तुति रहने जनाइएको छ। आयोजकका अनुसार म्याग्दीका साथै बागलुङ र पर्वतबाट समेत दर्शक आउने अपेक्षा गरिएको छ।

इन्द्रेणी कार्यक्रमका प्रमुख कृष्ण कँडेलले सबैलाई रत्नेचौर पुगेर कार्यक्रमको प्रत्यक्ष मजा लिन र स्थानीय कला संस्कृतिलाई साथ दिन आग्रह गरेका छन्। इन्द्रेणी कार्यक्रम हिमालय टेलिभिजनमार्फत नियमित प्रसारण हुँदै आएको छ भने युट्युब च्यानलमा पनि हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...