News Portal

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

३७९ पटक

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ को विशेष लाइभ प्रस्तुति हुने भएको छ। गाउँको पहिचान, संस्कृति र स्थानीय कलालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।

रत्नेचौरका समाजसेवी नेत्रबहादुर महत र इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका व्यवस्थापक भक्तबहादुर देउवाबीच कार्यक्रम सञ्चालनका लागि औपचारिक सहमति भइसकेको छ। यसअघि रत्नेचौर सेवा समाजको पहलमा इन्द्रेणी टोलीले काठमाडौंमा कार्यक्रमको एक एपिसोडको छायांकन गरिसकेको छ, जसको टिजर पनि सार्वजनिक गरिएको छ।

रत्नेचौरमा हुने कार्यक्रममा लोकदोहोरी गायक सूर्य खड्काको पनि प्रस्तुति रहने जनाइएको छ। आयोजकका अनुसार म्याग्दीका साथै बागलुङ र पर्वतबाट समेत दर्शक आउने अपेक्षा गरिएको छ।

इन्द्रेणी कार्यक्रमका प्रमुख कृष्ण कँडेलले सबैलाई रत्नेचौर पुगेर कार्यक्रमको प्रत्यक्ष मजा लिन र स्थानीय कला संस्कृतिलाई साथ दिन आग्रह गरेका छन्। इन्द्रेणी कार्यक्रम हिमालय टेलिभिजनमार्फत नियमित प्रसारण हुँदै आएको छ भने युट्युब च्यानलमा पनि हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...