News Portal

रास्वपाको पोखरा कार्यक्रम कुलमान समूहद्वारा बहिष्कार

८० पटक

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा कुलमान घिसिङ नेतृत्वको समूह अनुपस्थित भएको छ।

पुस १४ गते रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङबीच ‘बृहत् एकता’ गर्ने सहमति भएको थियो। उक्त सहमतिपछि कुलमान घिसिङ रास्वपामा समाहित भइसकेका छन् भने तीनै पक्षबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ समेत भागबन्डा भएको बताइँदै आएको छ।

तर, सहमति भएको झन्डै एक महिना बितिसक्दा पनि पार्टी समायोजनको प्रक्रिया टुंगोमा नपुग्दा शनिबारको प्रदेशस्तरीय कार्यक्रममा कुलमान पक्षका नेता तथा कार्यकर्ता सहभागी भएनन्। उज्यालो नेपाल पार्टीको संगठन विस्तारमा खटिएका नेता–कार्यकर्ता पनि उक्त कार्यक्रममा देखिएनन्।

कुलमाननिकट एक नेताका अनुसार पुस १४ गतेपछि एकताको सहमति भइसकेकाले संगठनात्मक गतिविधि अस्थायी रूपमा रोकिएको छ।
उनले भने, “एकताको कुरा भइसकेपछि सबै आन्तरिक गतिविधि रोकिएको छ। पार्टी समायोजनका लागि कार्यदल बनेको छ तर कार्यविधि टुंगिएको छैन। त्यो नसकिँदासम्म न यता न उता भन्ने अवस्था छ।”

पार्टी समायोजन औपचारिक रूपमा टुंगिन नसक्दा रास्वपाको कार्यक्रममा सहभागी हुने वा नहुने विषयमा उज्यालो नेपालका नेता–कार्यकर्ता अन्योलमा परेका छन्।
एक नेताले भने, “भोलि हामी एकीकरण भएर जाने हो। तर कार्यक्रमबारे आधिकारिक जानकारी पनि दिइएन। यो रास्वपाको पूर्वनिर्धारित कार्यक्रम रहेछ। हामी अहिले संक्रमणकालमै छौँ।”

एकता सहमति भए पनि व्यवहारिक कार्यान्वयन ढिलो हुँदा रास्वपा–कुलमान समूहबीचको समन्वयमा चुनौती देखिन थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार...