News Portal

नुवाकोटको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना : अहिलेसम्म १६ जनाको शव फेला

हिमाली संचार संवाददाता
५९३ पटक

नुवाकाेट -नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ । अनुमानित ४५ जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खस्दा अहिलेसम्म १६ जनाको शब फेला परेको डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएकाको उद्धार सुरु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मिनी ट्रक घ्याङफेदीकाे भीरबाट खसेकाे दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले बताईन ।
दुर्घटनामा धेरैको ज्यान गएको आशंका छ  । गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यका अनुसार मिनिट्रकमा ४५ जनाभन्दा बढी सवार थिए । उहाँले दुर्घटनामा ३० जनाभन्दा बढीकाे ज्यान गएकाे अाशंका रहेकाे जानकारी दिनुभयाे ।

सिसिपुबाट सिम्टाङ फर्किदैं गरेको गाडी दुर्घटना भएको हो । दुप्चेश्वर वडा नम्बर १ का कार्यवाहक अध्यक्ष नागसाङ तामाङले पनि दुर्घटनामा ३० जनाको हताहती भएको आशंका रहेको जानकारी दिनुभयो । आफू घटनास्थल जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।

उद्धारको लागि नुवाकोटका सबै एम्बुलेन्सलाई घटनास्थलमा जान अनुरोध गरिएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि घटनास्थलमा जान अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

नुवाकोटका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार घटनास्थल घ्याङफेदीमा प्रहरीको टोली पुगेको छ । उहाँले दुर्घटनामा १६ जनाको शव भेटिएको र अरुको खोजी भइरहेको जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...