
काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा बैठक गर्दैछ। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् कि बैठकको मुख्य उद्देश्य समानुपातिक उम्मेदवार सूचीलाई अन्तिम रूप दिनु हो।
पार्टीले आन्तरिक प्रतिस्पर्धा र प्राथमिक निर्वाचनबाट तयार भएको सूचीलाई समीक्षा गरी अन्तिम बनाउने तयारी गरेको छ। निर्वाचन आयोगले दलहरूले पेश गर्नुपर्ने समानुपातिक सूचीको अन्तिम मिति तोकेको हुँदा रास्वपा अब आफ्नो बन्दसूची पेश गर्न अन्तिम तयारीमा रहेको छ।