
काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता वार्ता असफल भएपछि समानुपातिक उम्मेदवारको बन्दसूची आफैं निर्वाचन आयोगमा पेश गर्ने तयारीमा छ।
पार्टी स्रोतका अनुसार करिब साढे ३ सय उम्मेदवारको सूची अन्तिम चरणमा छ। वार्ताका क्रममा रवि लामिछानेले शुरुवातमा ३० प्रतिशत दिने अडानबाट घटाउँदै ५ प्रतिशतसम्म झारेपछि कुलमान निकटका नेताहरू असन्तुष्ट भएका थिए।
कुलमानले पार्टीको नाम, चुनाव चिन्ह, पदाधिकारी र उम्मेदवारीमा पर्याप्त हिस्सेदारी सुनिश्चित नभएसम्म विलय नहुने अडान राखेका छन्। पार्टी नेताहरू भन्छन् कि अब संघीयता र परिवर्तन समर्थक पक्षहरूसँग संवाद जारी राख्दै आफ्नै ढंगले चुनावी अभियान अघि बढाउने तयारी भइरहेको छ।