News Portal

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

४४ पटक

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेप्से सूचक २५८५.८७ बाट २६३३.४२ अंकमा पुगेको छ र २ सय ३८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। कुल ३२८ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।

राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रले निराश बनाएका लगानीकर्ताहरू नयाँ राजनीतिक सहमतिले आशावादी बनेका छन्। बालेन–रवि सहमतिमा बालेन आगामी प्रधानमन्त्री र रवि लामिछाने पार्टी अध्यक्ष हुने सम्भावना बढेपछि बजारमा उत्साह देखिएको छ।

आजको कारोबारमा मिडिल सोलु हाइड्रोपावर कम्पनीको सेयर ९.४९ प्रतिशतले वृद्धि भएको छ भने विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ। यससँगै कुल कारोबार रकम गत हप्ता बुधबारको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

विश्लेषकहरूका अनुसार राजनीतिक वातावरण स्थिर हुने र आगामी २१ फागुनमा संसदीय निर्वाचन हुने सम्भावना बढेपछि आगामी दिनमा पनि बजारमा सुधार जारी रहन सक्छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...