News Portal

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

२८६ पटक

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भएको सात बुँदे सहमतिले नेपालको राजनीतिक वातावरणमा हलचल ल्याएको छ। सहमतिले भ्रष्टाचार, कुशासन र बेरोजगारीविरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने लक्ष्य राखेको बताइएको छ।

यो सहमति भारतमा समेत ध्यानाकर्षणको विषय बनेको छ। भारतीय मिडियाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै समाचार प्रकाशन गरेका छन्। बीबीसी हिन्दी र ‘नवभारत टाइम्स’ले बालेनको युवा र गैरपारम्परिक नेतृत्वलाई विशेष महत्व दिएका छन्। विश्लेषकहरूले भनेका छन् कि यस सहमतिसँगै पार्टीले सहरी युवा र पहिलोपटक मतदान गर्न लागेका मतदाताबाट ठुलो समर्थन पाउने सम्भावना बढेको छ।

समाचारमा बालेनले भारतसँगको सीमा विवाद र राजनीतिक हस्तक्षेपमा कडा अभिव्यक्तिहरू दिएको उल्लेख गरिएको छ। यद्यपि उनले चीनसँगको सम्बन्धमा कुनै टिप्पणी नगरेको पनि जनाइएको छ। ‘अमर उजाला’ र ‘जी न्यूज’ जस्ता मिडियाले पनि यस सहमतिलाई चुनावी रणनीतिक दृष्टिले महत्वपूर्ण भनेका छन्।

विश्लेषकहरूका अनुसार, रवि–बालेनबीचको सहमतिले नेपाली राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याएको छ र आगामी निर्वाचनमा यसको प्रभाव देखिने छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...