News Portal

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

२६६ पटक

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुँदै प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि उनले महानगरको जिम्मेवारी छोड्न लागेका हुन्।

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच बालेनलाई पार्टीको तर्फबाट चुनाव लडाउने र प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमति भएको बताइन्छ। सोही सहमतिअनुसार उम्मेदवार बन्न माघ ६ गतेभित्र महानगर प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।

हाल बालेनको कार्यकाल अझै करिब १६ महिना बाँकी भए पनि निर्वाचन प्रक्रियामा जाने निर्णयसँगै उनले पद त्याग्ने तयारी थालेका हुन्। यसबारे मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले केही बाँकी कामहरू टुंग्याएर प्राविधिक र राजनीतिक पक्ष हेरी उपयुक्त समयमा राजीनामा दिने बताए। उनका अनुसार यो प्रक्रिया करिब दुई हप्ताभित्र पूरा हुने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...