News Portal

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

५१७ पटक

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले आज साल्मियाको ब्लक १० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। अभियानमा संस्थाका पदाधिकारी, सदस्यहरू साथै कुवेती,इजिप्टियन ,भारतीय तथा अन्य समुदायको पनि  सहभागिता थियोे।

संस्थाले  यसअघि सम्पन्न रक्तदान कार्यक्रम र पहिलो चरणको समुद्री तट (सी–साइट) सरसफाई पछि  निरन्तरताका रूपमा यस पटक सार्वजनिक पार्क सरसफाई अभियान संचालन गरिएको थियो। बिहान ७ बजे देखि १० बजेसम्म  सरसफाई कार्यक्रम  चलेको थियो।

सर सफाईको आवश्यकता, महत्व तथा सामाजिक जिम्मेवारीबारे सहभागीहरूले संदेशमूलक अभिव्यक्ति सहभागीहरुले  राखेका थिए।सरसफाई कार्यक्रमपछि   सहभागीहरूका लागि चियापान तथा नास्ताको व्यवस्था गरिएको थियो, जसमा रानीमल नेपाली रेस्टुरेन्टका सञ्चालक कविराज थापाको विशेष सहयोग रहेको थियोे । साथै इन्डियन कुवेती इजिप्सन नागरिकहरूले पनि कार्यक्रमप्रति रुचि जनाउँदै फोटो तथा भिडियो खिचि रहेका थिए।

युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीले स्थानीय प्रशासनबाट स्वीकृति लिएर सरसफाई कार्यक्रम गरेकाे बताए भने
“समुदाय सजग भए मात्र स्वच्छ वातावरण सम्भव हुन्छ। सार्वजनिक पार्क, समुद्री किनारा तथा भीडभाड हुने क्षेत्रको सरसफाई जिम्मेवारी हामी सबैको हो। यो अभियान निरन्तर चलाइनेछ। यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेकाे बताए।

संस्थाका सल्लाहकार विजय खत्रीले स्वच्छ वातावरण र सकारात्मक समाज निर्माण एक–अर्कासँग जोडिएको बताउँदै भने।
“हामी समाजमा बस्छौं भने समाजप्रति उत्तरदायी हुनु हाम्रो दायित्व हो। ‘के पाउने?’ भन्दा पनि ‘के दिन सक्छौं?’ भन्ने सोचले अगाडि बढ्दा मात्र सामाजिक परिवर्तन सम्भव छ। युवा शक्ति कुवेत आगामी दिनमा अझ सक्रिय रूपमा यस्ता अभियानमा जुट्ने छ।”

संस्थाले सरसफाई, सामाजिक सेवा, जनचेतना र जिम्मेवार नागरिक अभियानलाई निरन्तर रुपमा अघि बढाइने  युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीले बताए।

 

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...