News Portal

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

५२ पटक

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै नयाँ राजनीतिक समीकरण तयार गर्न सक्रियता बढाएका छन्। उनले हालैका भेटवार्तामा आफू संघीयता र वर्तमान संविधानको पक्षमा रहेको स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको भेटवार्ता र विभिन्न दलका नेता, जेनजी प्रतिनिधि तथा पूर्वविवेकशील साझाका नेतासँगको छलफलमा बालेनले नेपालमा संघीयता आवश्यक रहेको र हालको संविधान ‘सर्वोत्तम’ रहेको धारणा राखेका छन्। जेनजी प्रतिनिधि रक्षा बमका अनुसार, बालेनले भने, “संघीयता चाहिन्छ, संविधान बेस्ट नै हो। कार्यान्वयन गर्ने तरिकामा त्रुटि देखिएको हो।”

यो सार्वजनिक रूपमा बालेनले संघीयताको पक्षमा धारणा राख्ने पहिलो पटक हो। अघिल्लो आमनिर्वाचनमा उनी प्रदेशसभाको मतपत्रमा सहभागी भएका थिएनन्।

बालेन अहिले जेनजी र अन्य नयाँ शक्तिलाई ‘देश विकास पार्टी’ मार्फत जोडेर निर्वाचनमा भाग लिन तयारीमा छन्। उनी निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर कुपण्डोलस्थित घरमा राजनीतिक छलफल गर्दै पार्टीको कार्यालय पनि शुक्रबारदेखि सञ्चालनमा ल्याएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पुस १३ र १४ मा बुझाउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...